काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको सहभागिता २० प्रतिशत पुर्याउन निर्देशन दिएका छन् ।
बिहीबार आयोजित पहिलो महिला प्रहरी सम्मेलनमा उनले प्रहरी महानिर्देशक दीपक थापालाई यसबारे आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकका अनुसार नेपाल प्रहरीमा भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण भए पनि हाल केवल १२ प्रतिशत महिलाहरू मात्र कार्यरत छन् । उनले आरक्षणको परिणाम प्रत्यक्ष रूपमा २० प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
‘दीर्घकालीन रूपमा महिलाको सहभागिता ३३ प्रतिशत पुर्याउने हाम्रो लक्ष्य हो,’ उनले भने । उनले २०६२/०६३ सालपछि नेपाल प्रहरीमा महिलाको उपस्थिति १२ प्रतिशतसम्म पुगेको र लोकतान्त्रिक व्यवस्थाले समावेशी राज्य निर्माणमा ठूलो योगदान गरेको बताए ।
गृहमन्त्री लेखकले प्रहरी ऐनको मस्यौदा तयार पारेर संसदमा दर्ता गरिएको र चालु आर्थिक वर्षभित्रै पारित हुने जानकारी दिएका छन् । उनले प्रहरी नियमावलीको भरमा काम गर्दा अस्थिरता हुने र दुवै प्रहरी संगठन सम्बन्धी कानुन चाँडो पारित गर्नुपर्ने आवश्यकता औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया