‘जनै हराएको मान्छे’को प्रिमियरमा केकीदेखि अन्जुसम्मको आँसु झर्‍यो

लोकपथ
91
Shares

काठमाडौं । भाद्र ६ गते प्रदर्शनमा आउन लागेको चलचित्र जनै हराएको मान्छेको प्रिमियर शो बुधबार साँझ काठमाडौंस्थित एक सिनेमाघरमा सम्पन्न भएको छ ।

प्रिमियर शोपछि सिनेपत्रकारहरुसँग कुराकानी गर्दै अभिनेत्री केकी अधिकारीले चलचित्रले पारिवारिक विषयवस्तुलाई झल्काउने बताइन् । उनले चलचित्रमा हिंसामा परेका नेपाली चेलीहरूको कथालाई प्रस्तुत गरिएको उल्लेख गरिन् ।

गायिका अन्जु पन्तले चलचित्रले नेपाली समाजको कथा बोकेको र हेर्दा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिइन् । अभिनेता विजय बरालले चलचित्रको पात्र सीताराम झैँ हरेक व्यक्तिले आफूलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।

चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगरको मुख्य भूमिका रहेको छ भने कविता आले, भोलाराज सापकोटा, तारा शर्मा, भावना मगर, सुमन थापा, गौरव पहाडी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि बिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमाटोग्राफी छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत रहेका छन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक हुन्। चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?