काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आएको भनेर प्रचार गरिएकोमा गुनासो गरेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले यस्तो कुरा उठाएका हुन् । बुधबार समितिमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनमाथि छलफल भएको थियो ।
सो अवसरमा प्रमुख सचेतक घिमिरेले आफूलाई समितिमा आउने क्रममा कसैको स्वार्थमा आधारित भएर विधेयक रोक्न आएको भनेर सांसदहरूले अभिव्यक्ति दिएको बताउँदै, ‘मलाई त यतिसम्म आरोप लगाइयो कि यो विधेयक रोक्न आएको हो । समितिको सदस्यले गरेका धारणालाई विधेयक रोक्ने उद्देश्यको रूपमा व्याख्या गरिएको छ, तर त्यसमा मेरो कुनै आपत्ति छैन । म उहाँहरुको धारणा सम्मान गर्छु,‘ उनले भने ।
उनले निजी विद्यालयका कारण सार्वजनिक विद्यालय बिग्रिएको भन्ने धारणा नकार्दै, समस्या सार्वजनिक विद्यालयभित्रको कामजोरीमा रहेको बताए। साथै, आफ्नो काममा सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया