सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

लोकपथ
539
Shares

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९४ हजार ८०० मा कारोबार भइरहेको छ ।

बुधबार तोलाको  १ लाख ९३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज १ हजार ३०० ले बढेको हो ।

त्यस्तै, आज चाँदी तोलाको  २ हजार २९० मा किनबेच भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा  २ हजार २५५ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन औँसको ३ हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?