काठमाडौं । अटोमोबाइल क्षेत्रका महाकुम्भ मेला भनेर चिनिने नाडा अटो शो २०२५ मा टाटा मोटर्सले दुई नयाँ सवारी सार्वजनिक गरेको छ ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जारी नाडा अटो शो २०२५ मा टियागो ईभीको नयाँ ‘एरिजोना ब्लू कलर’ र ‘नयाँ सफारी सार्वजनिक’ गरेको हो ।
टाटा मोटर्सले नाडा अटो शो मा आफ्ना प्रमुख ईभी मोडलहरुलाई प्रदर्शनका लागि राखेको छ ।
टाटाको नयाँ ईभी मोडलहरु कर्भ ईभी, नेक्सन के३ ईभी, पञ्च ईभी र टियागो ईभी प्रदर्शनीमा राखेको हो ।
नाडा अटो शो मा टाटाले नयाँ गाडीहरु प्रदर्शनमा मात्र राखेको छैन नयाँ अवसरहरु समेत सार्वजनिक गरेको छ ।
जसमा सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ निःशुल्क, अटोप्लस इन्स्योरेन्स, निःशुल्क एक्सेसरिज र १ वर्षको भेहिकल ट्याक्स, घरमै निःशुल्क चार्जिङ स्टेसन इन्स्टलेसन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट जडानसम्मका सुविधाहरु राखेको छ ।
यसैगरी टाटाको नयाँ सफारीमा एडास, मेमोरी सिट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम फिचरहरु रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यसको मूल्य १ करोड २१ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया