रास्वपालक्षित वर्षमानको टिप्पणी : विचार र लक्ष्य नभएको पार्टी

लोकपथ
1.7k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै कुनै विचार, राजनीति र लक्ष्य नभएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै पुनले त्यस्ता पार्टीमा त्याग, बलिदान, जेल–नेल र संघर्षको इतिहास नभएको दाबी गरे । तर पनि त्यस्ता दलहरुले दशक लामो जनयुद्ध लडेको माओवादी, लामो इतिहास बोकेका नेपाली कांग्रेस र नेकपा एमालेलाई समेत चुनौती दिइरहेको बताए ।

‘यो लोकतन्त्र र गणतन्त्रकै प्रश्न हो,’ पुनले भने, ‘६ महिनामात्र खुलेको पार्टीले हामी १० वर्ष लडेका, बलिदान दिएका शक्तिलाई कसरी थ्रेट दिन सक्छ ? नेताहरुमाथि प्रश्न किन उठिरहेको छ ?’

उनले पछिल्लो समय देशमा धेरै क्षेत्रमा परिवर्तन भएको स्मरण गर्दै शिक्षा, स्वास्थ्य, मानव अधिकारका सूचकांकदेखि भौतिक पूर्वाधार र समावेशितामा प्रगति भएको उल्लेख गरे । ‘पञ्चायतका ३० वर्ष र पछिल्ला १५–१८ वर्षबीच तुलना गर्दा धेरै कुरा फेरिएको छ,’ उनले भने, ‘तर यो उपलब्धिलाई कम आँक्नु हुँदैन, अझ जनताको निकट पुर्‍याउनुपर्छ ।’

पुनले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?