काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अहिले मुलुकमा ‘नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद’ भन्ने नारा शक्तिशाली राजनीतिक प्रचारको रूपमा उदाएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित स्व.प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भुसालले यस्तो नारा जनताका दुःख समाधान गर्ने मार्ग नभई केवल भ्रम फैलाउने काम भएको जिकिर गरे ।
उनले पुराना नेताहरूले पनि ‘रैथाने भ्रष्ट जिन्दावाद’ वा ‘खानदानी भ्रष्ट जिन्दावाद’ को प्रवृत्तिबाट बाहिर नआएको आरोप लगाए । ‘देशमा तर्क हराएको छ । सहरमा तर्क छैन, राजनीतिमा तर्क छैन । यस्ता तर्कले मुलुकलाई विभाजित बनाइरहेको छ,‘भुसालले भने ।
उनले पुराना वा नयाँ नेताभन्दा पनि आचरण र निष्ठाले नै नेताको मूल्याङ्कन हुनुपर्ने बताए । ‘नैतिक बलका आधारमा नेता बन्नुपर्ने हो, नत्र पुराना वा नयाँ भन्ने छुट्ट्याइले फरक पार्दैन, ‘उनले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया