काठमाडौं । मंगलबारबाट सुरु भएको नाडा अटो शो मा टाटा मोटर्सको २ वटा नयाँ गाडी सार्वजनिक भएको छ ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जारी नाडा अटो शो २०२५ मा टियागो ईभीको नयाँ ‘एरिजोना ब्लू कलर’ र नयाँ सफारी सार्वजनिक गरेको हो ।
टाटा मोटर्सले नाडा अटो शो मा आफ्ना प्रमुख ईभी मोडलहरुलाई प्रदर्शनका लागि राखेको छ ।
टाटाको नयाँ ईभी मोडलहरु कर्भ ईभी, नेक्सन के३ ईभी, पञ्च ईभी र टियागो ईभी प्रदर्शनीमा राखेको हो ।
सबै मोडलहरु बोल्ड डिजाइन, उत्कृष्ट लुक्स र भविष्यमैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने खालका रहेको कम्पनीले जनाएको छ ।
यसैगरी टाटाको नयाँ सफारीमा एडास, मेमोरी सिट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम फिचरहरु रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको मूल्य १ करोड २१ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ ।
त्यस्तै नाडा अटो शो मा टाटाले नयाँ गाडीहरु प्रदर्शनमा मात्र राखेको छैन नयाँ अवसरहरु समेत सार्वजनिक गरेको छ । जसमा सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ निःशुल्क, अटोप्लस इन्स्योरेन्स, निःशुल्क एक्सेसरिज र १ वर्षको भेहिकल ट्याक्स, घरमै निःशुल्क चार्जिङ स्टेसन इन्स्टलेसन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट जडानसम्मका सुविधाहरु राखेको छ ।

यसका साथै नयाँ अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको दाबी छ ।
यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेट अनुसारको विकल्प उपलब्ध हुने सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजन बाबु श्रेष्ठले बताए ।
नाडा अटो शो को आज दोस्रो दिन हो । पहिलो दिन उत्साहपूर्वक दर्शकहरुको उत्साह रहेको थियो भने आज दोस्रो दिन पनि उल्लेख्य मात्रामा दर्शकहरुको सहभागिता रहेको छ ।
भदौ ३ गते मंगलबारबाट सुरु भएको नाडा अटो शो आगामी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया