काठमाडौं । गृहमन्त्री रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताएका छन् ।
बुधबार काठमाडौंमा दिवंगत नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री लेखकले लोकतन्त्रलाई जग बसाल्न हजारौँ सपुतले बलिदान दिएको स्मरण गरे । उनले लोकतन्त्र कुनै सजिलो रूपमा प्राप्त नभएको भन्दै प्रजातन्त्रका सेनानीहरूले दिएको योगदानलाई स्मरण गर्नुपर्ने बताए ।
उनले भने, ‘जस्तो सुन्दर घर जगमिनार बिना टिक्दैन, त्यसरी नै लोकतन्त्र पनि सेनानीहरूको योगदानले बनेको हो । यो जगलाई बिर्सियो भने व्यवस्था नै ढल्छ ।
कांग्रेसभित्र मतान्तर र विचार भिन्नता स्वाभाविक भए पनि पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने उनको भनाइ थियो । पार्टीभन्दा बाहिर प्रतिस्पर्धा हुँदा भने एक ढिक्का भएर उभिनुपर्ने उनले औँल्याए ।
गृहमन्त्री लेखकले कांग्रेसका नेताहरू आफैँ कमजोर बनाउने काममा लाग्दा पार्टीसमेत कमजोर हुने चेतावनी दिँदै भने, कांग्रेसलाई कसैले कमजोर पार्न सक्दैन, तर हामी आफैँ आपसमा कमजोर बन्न खोज्यौँ भने पार्टीलाई बलियो बनाउन सकिन्न । त्यसको एउटै मूल मन्त्र भनेको एकता, एकता र एकता नै हो ।‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया