अहिले राज्यविरुद्ध विद्रोह गर्ने समय छैन : मन्त्री गुरुङ

लोकपथ
168
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अहिले राज्यको विरुद्ध विद्रोह गर्ने समय नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले केही व्यक्तिहरू अझै राज्यविरुद्ध द्रोह गरिरहेको बताए ।

मन्त्री गुरुङले नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहु जातीय संरचनालाई ध्यानमा राख्दै राष्ट्रपतीय प्रणालीमा नगएको कारण स्पष्ट पार्दै भने, ‘प्रतिनिधित्वका लागि ठाउँ कम हुने भएकाले राष्ट्रपतीय प्रणालीमा होइन, सुधारिएको संसदीय प्रणालीमा जानु उचित हुन्छ। हामीले प्राप्त गरेको व्यवस्था अनुसार अधिकतम लाभ उठाएर समतामुलक र समावेशी समाज निर्माण गर्नुपर्छ ।’

उनले आदिवासी जनजातिहरूले लाभ लिन सक्ने व्यवस्था हुनु आवश्यक भएको र समावेशी विकासतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्। मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालयको माग गर्ने क्रममा बजेट उपलब्ध गराउँदा समेत ‘हड्डिमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परिरहेको’ बताउँदै चुनौतीपूर्ण अवस्था औँल्याएका छन् ।

उनको भनाइ अनुसार, ‘पार्टीहरूले र शासन प्रणालीले कसरी बढी प्रतिनिधित्व गराउन सक्छन् भन्नेमा ध्यान दिनु जरुरी छ। आज राज्यविरुद्ध विद्रोह गर्ने समय होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?