रामहरि खतिवडाले अरुले पारेको योजनालाई आफ्नै भनेपछि…

लोकपथ
2.7k
Shares

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद रामहरि खतिवडाले जिल्लामा अरुले पारेको योजना पनि आफ्नो भन्दै दाबी गरेको कुरा संसदमा उठेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले सो कुरा उठाएकी हुन् ।

सांसद कार्कीले आफूले एउटा सडक योजना आफ्नो गृहजिल्ला ओखलढुंगामा पारेको बताइन् । तर रामहरि खतिवडाले भने उक्त योजना आफ्नो भनेर दाबी गर्ने गरेको भन्दै आपत्ति जनाएन् ।

‘यहाँ केही सांसदज्यूहरुले नयाँ धन्दा चलाउन खोज्नुभएछ । मैले मेरो पार्टीका महामन्त्री राजेन्द्र गुरुङजीलाई मैले ओखलढुंगामा बाटोको कार्यक्रम पारिदिनुस् भनेर मैले योजनामा पारेको थिएँ, ओखलढुंगा र रुम्जाटारको बाटो स्तरोन्ती गर्ने कार्यक्रम । यहाँ ओखलढुंगाका माननीयज्यूहरुले मैले ल्याएँ भनेर छाती फुलाएर हिँड्नुहुँदो रहेछ । जनतालाई यसरी नठगौँ माननीयजीहरु । आफूले ल्याएको कार्यक्रमलाई मात्रै आफ्नो भनौँ । अर्काले ल्याएको कार्यक्रमलाई पनि मेरो भनेर दम्भ नदेखाउँ,’ उनले खतिवडाप्रति लक्षित गर्दै भनिन् ।

त्यस्तै उनले एमाले र कांग्रेस मिलेर सांसदहरुको हस्ताक्षर संकलन गरी उपसभामुखको हुर्मत लिन खोजेको आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?