रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
काठमाडौंबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातातका साधन उक्त सडक अवरुद्ध हुँदा बिच बाटोमै रोकिएका थिए ।
एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्य स्थलतर्फ लागेको उनले बताए ।
माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोशीले कटान गर्दा पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक अवरुद्ध भएको थियो । सडकको तलबाट तामाकोशीले कटान गर्ने र माथिबाट पहिरो खसेपछि यहाँको सडक पटकपटक भासिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया