वीपी र मदन भण्डारीलाई स्मरण गर्दै संसदमा चर्किए सन्तोष परियार

लोकपथ
252
Shares


काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारुढ दलहरुले सांसदको विवेकलाई बन्धक बनाएको आरोप लगाएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो कुरा बताएका हुन् । उनले मंगलबार एमाले र कांग्रेसले आफ्ना सांसदहरुको खाली पानामा हस्ताक्षर गरेको विरुद्धमा बोल्दै सो कुरा बताए ।

उनले लोकतन्त्रका लागि लडेका कांग्रेसका संस्थापक वीपी कोइराला तथा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई स्मरण समेत गरे । लोकतन्त्रका लागि आफू हार्न तयार रहने वीपी र अधिनायकतावादविरुद्ध बोल्ने मदन भण्डारीलाई दुवै दलले भुलेको भन्दै कटाक्ष गरे ।

परियारले प्रतिनिधि सभा बैठकमा बोल्दै भने :

हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो त्यसले सम्मानित सदनलाई चोट पुर्याएको छ । लोकतन्त्रको विरासत धानेका भन्नेहरुले सम्मानित सदनको, सार्वभौम संसदको उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन किसिमको अवमूल्यन भएको छ यो लोकतन्त्रका लागि निकै ठूलो खतरा हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ रहेको छ । म श्रदय वीपी कोइरालालाई सम्झिन चाहन्छु, लोकतन्त्र बचाउन हार्न तयार हुने वीपीलाई फर्केर हेर्नुस् नेपाली कांग्रेसका मेरा श्रदय नेताज्यूहरु । म श्रदय कमरेड मदन भण्डारीलाई सम्झन चाहन्छु, सामन्तवाद मात्र होइन पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीलाई उभो लाग्न दिँदैन भन्ने सम्झन म नेकपा एमालेका श्रदय मेरा नेताहरुलाई अनुरोध गर्न चाहन्छु । एउटा जनजाती महिला, रास्वपाले उनको सम्मानलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय स्तरमा उहाँले पाउनुभएको सम्मानलाई सम्मान गर्र्दै यो सभामा नेपालको प्रतिनिधित्व होस् भनेर हामीले माननीय उपसभामुखज्यूलाई यो लोकतन्त्रमा, तपाईँहरुले ल्याएको भन्ने लोकतन्त्रमा यो सदनमा भित्राएको हो सम्माननीय सभामुख महोदय । उहाँले जति अन्तर्राष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईँहरु जति माथि उफ्रिए पनि त्यति माथी पुग्न सक्नुहुन्न भन्ने हाम्रो ठम्याइ हो ।

विवेकलाई बन्दी नबनाउन, सांसद आफैँमा सार्वभौम हो । सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुन बेला मन लाग्यो, त्यही बेला राजनीतिक स्वार्थ पूर्ती गर्ने मुद्दा नबनाउन भन्न चाहन्छु । आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिँदैछ, नयाँहरुलाई निषेध गर्न सकिँदैन । समाज विज्ञानले प्रमाणित गरेको कुरा हो सभामुख महोदय । हो हामीलाई कमजोर बनाउन खोजिएला तर यो समाजले हामीलाई निषेध ग र्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?