उपसभामुखविरुद्ध कांग्रेस–एमालेले हस्ताक्षर थालेपछि रास्वपा बैठक नयाँ बानेश्वरमा बस्दै

लोकपथ
903
Shares

काठमाडौं । सत्तारुढ दलहरू कांग्रेस र एमालेले आफ्नो पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानालाई पदबाट हटाउनका लागि सांसदहरूको हस्ताक्षर संकलन अभियान चलाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको बैठक बस्न लागेको छ । बैठक नयाँ बानेश्वरस्थित दलको कार्यालयमा बस्ने भएको हो ।

प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १ बजे बस्ने भएकाले त्यसअघि नै बैठक बसी साझा धारणा बनाउने रास्वपाको तयारी छ ।

भिजिट भिसा प्रकरणमा संसद् बहिष्कार गर्दै आएको विषयबारे पनि छलफल हुने रास्वपाका नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?