अराजकता, अनियमितताहरुलाई सरकारले प्राथमिकता दिन सक्दैन : एनपी साउद

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद (एनपी) ले अराजकता र अनियमिततालाई सरकारले प्राथमिकता दिन नसक्ने स्पष्ट गरेका छन् । 

बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धी विषयमा कानूनविद्हरूसँग छलफल भएको थियो । छलफलमा सांसद साउदले सरकारमा बसेपछि सर्वाङ्गिण दृष्टिकोण आवश्यक हुनेमा जोड दिँदै वायुसेवालाई दिगो र भरपर्दो बनाउनुपर्ने बताए ।

उनले भने, ‘नेपाल सरकारको दायित्व वायुसेवाको विकास गर्नु हो । यसलाई दिगो र भरपर्दो बनाउन ध्यान नदिने हो भने एकाध एयरलाइन्सबाहेक अरू बन्द हुने स्थिति आउन सक्छ ।’

साउदले नेपालमा भइरहेका हवाई दुर्घटनालाई सामान्य रूपमा लिन नहुने चेतावनी दिँदै सुरक्षा मापदण्डमा कडाइ अपनाउनुपर्ने उल्लेख गरे । 

उनले प्रमोट गर्ने प्रक्रियामा सरकारले सरलीकरणका बाटो देखाउनुपर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?