प्रधानमन्त्री ओलीले संसदमा आज सांसदका प्रश्नको जवाफ दिने

लोकपथ
140
Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक सघीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?