माइतीघरमा जसपा नेपालको मसाल जुलुस : डेढ दर्जन कार्यकर्ता पक्राउ, केही घाइते

लोकपथ
3.9k
Shares

काठमाडौं । गौर हत्याकाण्डबारे सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा निस्किएका जनता
समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताहरु पक्राउ परेका छन् ।

मंगलबार साँझ काठमाडौंको माइतीघरमा प्रदर्शनमा निस्किएका ढेड दर्जनबढी कार्यकर्ताहरु पक्राउ परेका हुन् ।

सोमबार सर्वोच्च अदालतले २०६३ साल चैतमा भएको गौर नरसंहारको अनुसन्धानलाई अघि बढाउन आदेश दिएको थियो । त्यसमा तत्कालीन मधेशी जनाधिकार फोरमका अध्यक्ष समेत रहेका वर्तमान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको संलग्नता रहेको छ । अध्यक्ष यादव नै अनुसन्धानमा तानिने भएपछि कार्यकर्ताहरुले विरोध जनाएका हुन् ।

पक्राउ पर्नेहरुमा जसपा नेपालका प्रवक्ता एवम् मधेश प्रदेश सदस्य र जसपा नेपालका कार्यकारिणी समिति सदस्य मनिष कुमार सुमन, किरण साह र लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अम्बिका काफ्ले लगायत रहेका छन् ।

यसैगरी बबी सिंह, रेणुराज सिंह, केन्द्रीय सदस्य शशिकपुर मियाँ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवाका महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, दिनेश यादव (सप्तरी), समाजवादी विधार्थी युनियन नेपालका महासचिव बलराम कापरी, कार्यालय सचिव मुकेश यादव, हंसा साह (सुनसरी), पुर्व प्रदेश सभा सदस्य बिन्देश्वर यादव (विक्की), स्मिता यादव, विधार्थी युनियनको उपाध्यक्ष ललन यादव (रौतहट), भोगेन्द्र यादव (मोरंग) पक्राउ परेका छन् ।

उनीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका थिए । सो क्रममा केही प्रहरीसँगको झडपमा घाइते भएका छन् । प्रहरीसँगको झडपमा घाइते हुनेहरुमा मनिष कुमार सुमन, दिनेश यादव, बिन्देश्वार यादव (बिक्की), ललन यादव र मनिष यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?