काठमाडौं । नामीले नाडा अटो शो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू,अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार रहेको कम्पनीले जनाएको छ ।
नामी भिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक शहरी जीवनशैलीको लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको छ । यो E2 र E2+ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसमध्ये प्रत्येकलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेष रूपमा तयार पारिएको छ ।
नामी भिगो सेग्मेन्ट फर्स्ट फिचरहरूका साथमा आउँछ जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्याएको बताइएको छ ।
यसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेटका साथै तपाईंको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरी सीट समावेश छ । डुअर प्यानलमा म्युजिक सिंक गरिएको एम्बियन्ट लाइटिङ छ, जसले प्रत्येक यात्रालाई आधुनिक र रमाइलो बनाउँछ ।
चार्जिङको लागि यसले 3C फास्ट चार्जिङ (१६७ DC) सपोर्ट गर्छ, जसले ३०% बाट ८०% चार्ज गर्न जम्मा १८ मिनेट मात्र लगाउँछ । हरेक यात्रालाई रमाइलो बनाउन र आउटडुअर फनका लागि यसमा एक्सटेरियर स्पिकरको सुविधा पनि उपलब्ध रहेको कम्पनीको दाबी छ ।
त्यस्तै, नामी ०६ ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ । यसमा लेभल 2 ADAS, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेड र भेन्टिलेटेड सिट छ । कारले तपाईंलाई वेलकम साउण्डले स्वागत गर्छ र R18 टायर, अटोमेटिक हाई/लो बीम हेडलाइट र हेडलाइट डिले–अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्नेछ ।
यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोडहरू र कार तथा मोबाइल संचालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन् । अडाप्टिभ क्रुज कन्ट्रोल र ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेसहरूसहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो ।
नामी भिगो E2 भेरियन्टको लन्च मूल्य ३८,९९,००० रुपैयाँ र E2+ भेरियन्टको लागि ४१,९९,००० रुपैयाँ रहेको छ ।
नाडा अटो शोका लागि विशेष अफरमा, नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको छ । शोको अवधिमा, नामी भिगो E2 भेरियन्ट ३७,९९,००० रुपैयाँ र E2+भेरियन्ट ४०,९९,००० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया