काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ संसद् भवनको बाँकी काम समयभित्रै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारमा निर्माण ठेकेदारहरूसँगको छलफलका क्रममा उनले संसद् भवन निर्माणमा धेरै समय लागिसकेको र अहिले पनि समयमै काम सकिने कि नसोचिएको प्रश्न उठिरहेको बताएका छन् ।
सिंहले बाँकी काम पूरा गर्न ‘हात्ती छिर्यो, पुच्छर अड्कियो’ जस्तो अवस्थामा रहेको बताउँदै, म्याद थप भएको समयभित्र र वर्किङ क्यालेन्डरअनुसार कार्यक्षमता बढाएर काम गर्न निर्देशन दिएका हुन् ।
उपप्रधानमन्त्री सिंहले भने, ‘संसद् भवन बनाउन यत्तिका समय लाग्यो, सम्पन्न हुने हो कि होइन भन्नेमा प्रश्न उठेको छ। बाँकी समयमा सम्पन्न गराउन ४० प्रतिशत काम बाँकी छ । मन्त्रालय र निर्माण कम्पनीले समूहगत रूपमा बाँकी काम समयभित्र पूरा गर्नुपर्नेछ। सम्झौताको आधारमा काम गर्नुपर्छ ।’
सिंहले मन्त्रालयले पनि संसद् भवन जस्तो काम समयमै सम्पन्न गर्न गम्भीरतापूर्वक लाग्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया