प्रधानमन्त्री ओली भन्छन्– ‘युवाहरु तयार भए पद छोड्न तयार छु’

लोकपथ
4.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले युवाहरुको समय रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले युवाहरु अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए ।

युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको बताए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘यो युवाहरुको समय हो । युवाहरु अगाडि बढ्नुपर्छ । युवाहरुले गर्नसक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको ? म त छोड्न तयार नै छु नि । युवाहरु तयार हुनुपर्‍यो नि त । म इन्करेज गर्न चाहन्छु युथहरुलाई ।’

प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?