काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पदीय मर्यादा विपरीत आचरण गरेको अभियोगमा उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्नेबारे आफ्नो पार्टीले अहिलेसम्म कुनै निर्णय नगरेको बताएकी छिन् ।
श्रेष्ठले कांग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग सिंहदरबारमा भेटेर निस्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएकी हुन् ।
उनले भनिन्, ‘उहाँहरूले हामीले त हस्ताक्षर गरिरहेका छौँ, तपाईँहरूले पनि साथ दिनुपर्यो भन्नुभयो। तर मैले अहिले उपसभामुख पनि देशबाहिर हुनुहुन्छ, अहिले नै निर्णय भइहाल्दैन। हामीले पनि अहिले नै निर्णय दिन सक्दैनौँ।’
प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसदहरू छन् । यसबिच, एमाले र कांग्रेसले उपसभामुख रानालाई पदबाट हटाउने तयारी स्वरूप हस्ताक्षर संकलन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया