‘नाडा अटो शो’ प्रदर्शनी मात्र होइन, व्यवसायको थलो पनि हो : करण चौधरी

लोकपथ
147
Shares

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालमा बिक्री हुने ४० प्रतिशत सवारी नाडा अटो मार्फत हुने गरेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको १७औँ संस्करणको ‘नाडा अटो शो–२०२५’ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले सो कुरा बताएका हुन् ।

‘अटो शो भनेको प्रदर्शनी मात्र होइन, व्यवसायको थलो पनि हो । यही ठाउँले हाम्रो रोजगार, राजश्वमा ठुलो योगदान दिएको छ । नेपालमा बिक्री हुने ४० प्रतिशत गाडी यही थलोबाट बुकिङ भई बिक्ने गरेको छ,’ उनले भने ।

त्यस्तै उनले नेपालमा एसेम्बलिङ जरुरी रहेको र यसमा नाडाले जोड दिँदै आएको बताए ।

‘ हामीले लोकल एसेम्बलिङ, म्यानिफ्याक्चरिङमा ठुलो जोड गरेका छौँ,’ चौधरीले भने, ‘तर, त्यसमा लाग्ने पार्टपुर्जा यँही उत्पादन गर्न सकियो भने त्यो भन्दा राम्रो केही हुने छैन ।’

यसैगरी नाडाले नै ९० प्रतिशत भन्दा बढी औपचारिक अटो मोबिल ट्रेडलाई रेप्रिजेन्ट गर्ने गरेको बताए । नीतिगत रुपमा पनि चरणवद्ध रुपमा सरकारलाई सल्लाह, सुझाव दिँदै आएको उनको भनाई छ । नाडा अटो शो एउटा प्रदर्शनी मात्र नभई गौरवको विषय रहेको बताए ।

यसैगरी नाडाले बढ्दो युवा पलायनलाई रोक्ने प्रयास गरेको बताउँदै युवा जनशक्तिलाई एक ठाउँमा राखेर जिम्मेवारी बोध गराउन जरुरी रहेको उनको भनाइ रहेको छ ।

‘अटो शो भनेको प्रदर्शनी मात्र होइन, व्यवसायको थलो पनि हो । यही ठाउँले हाम्रो रोजगार, राजश्वमा ठुलो योगदान दिएको छ,’ चौधरीले भने, ‘हामीले सरकारले केही गरेन भनेर किचलो मात्रै गर्दैनौँ, साथ र सहयोग पनि गरेका छौं । उहाँहरुले गर्न थालेको कामको प्रोत्साहन गर्न थालौं । यसल थप चिजहरु राम्रो ल्याउन मद्दत गर्छ’, उनले भने, नाडा अझै सशक्त भए यहाँहरुसँगै हिड्न चाहान्छ । सरकारको काम संसारभर फैलाउन चाहान्छौँ ।’

आगामी भदौ ८ गतेसम्म चल्ने नाडा अटो शोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?