रविलक्षित सांसद थापाको टिप्पणी : ‘जेल ससुरालीजस्तो मेजमानी गर्ने ठाउँ होइन’

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने टिप्पणी गरेका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले कांग्रेस र एमालेलाई सबै दोष लगाएर आफू मात्र असल देखाउने प्रवृत्ति बढेको बताए ।

थापाले भने, ‘एउटा कांग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन् । पार्टी गतिलो छ भनेर कुन उदाहरण छ ? व्यक्ति पनि एउटाको उदाहरण दिनुस् । जेल भनेको त ससुराली गएको होइन नि । ढोका टालेको छ, झ्याल टालेको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै १४ वर्ष कालकोठरीमा बस्ने नेतामाथि पनि चोरको छाप लगाउने तर अहिले ठगै असल भएको दाबी गर्ने प्रवृत्तिलाई अस्वीकार्य बताए ।

सोमबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई बोलाएर हस्ताक्षर गराएका छन् । तर त्यसको कारण भने अझै सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?