काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा नेपालले होबार्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै जितको खाता खोलेको हो ।
फास्ट बलर नन्दन यादवले करिअर बेस्ट प्रदर्शन गर्दै ३ ओभरमा १७ रन खर्चिएर ५ विकेट लिँदा नेपाल सहज जिततर्फ अघि बढेको हो । कप्तान रोहितकुमार पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए । विशेषगरी कुशलले कसिलो बलिङ गर्दै ४ ओभरमा १९ रन मात्रै खर्चेका थिए ।
यसअघि टस जितेर पहिलो पटक ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १८० रनको बलियो स्कोर खडा गरेको थियो । हुरिकेन्सका बलरले ३१ अतिरिक्त रन उपहार दिँदै नेपालको स्कोर बढाउन सहयोग गरे । जवाफी ब्याटिङमा हुरिकेन्स १६.१ ओभरमै ११४ रनमा समेटिएको थियो ।
नेपालका लागि ओपनर जोडीले उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल भुर्तेल र आसिफ शेखले ५।३ ओभरमै ४९ रनको साझेदारी गर्दै आक्रामक पारी खेले । भीम सार्कीले १८ बलमा १८ रन, आरिफ शेखले २६ बलमा ३३ रन बनाउँदा लोकेश बमले ११ बलमा २५ रनको तडक–भडक प्रदर्शन गरे ।
हुरिकेन्सतर्फ ब्रान्डले होपले ३१ तथा ताली वकिमले २८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया