२०७८,श्रावण,१७,आईतवार

अन्नपूर्णमा वैकल्पिक पदमार्ग शुरु

२०७४,कार्तिक,२१,मंगलवार ०४:५५


बेँसीशहर, लमजुङ, २१ कात्तिक – अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक मार्गको शुरुवात गरिएको छ । मनाङसम्म मोटरबाटो निर्माण भएर पदयात्रामा प्रभाव पर्न थालेपछि मनाङ–लमजुङ होटल व्यवसायी समितिले वैकल्पिक पदमार्ग निर्माण गरेको हो बेँसीशहरबाट खुदीसम्म निर्माण सम्पन्न वैकल्पिक मार्गको एक कार्यक्रमबीच सोमबार उद्घाटन गरिएको हो । पूर्व सांसद जमिन्द्रमान घलेले उक्त पदमार्गको उद्घाटन गरेका हुन । पदमार्ग उद्घाटनसँगै कार्यक्रमका सहभागीले पदयात्रासमेत गरेका थिए अहिलेको अन्नपूर्ण पदमार्गमा मोटरबाटोका कारण अवधि छोटिँदै जानु र सवारीकै कारण पदयात्रामा अनेक समस्या आउन थालेपछि नयाँ विकल्प खोजिएको वैकल्पिक पदमार्ग निर्माण समिति सचिव पूर्णबहादुर गुरुङले बताए “पदमार्ग छोटिँदा र सवारी समस्याका कारण पर्यटकको संख्या अघिल्ला वर्षको अनुपातमा बढ्न सकेको छैन”, गुरुङले भने, “ विगतको अनुपातमा पर्यटक घट्दै गएका कारण उनीहरुलाई आकर्षित गर्न नया“ मार्ग आवश्यक भयो ।”पैदलयात्रा मार्गको निर्माण र शुरुवातसँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र नया“ पर्यटकीय गन्तव्यको खोजीमा समेत लागिपरेको वैकल्पिक पदमार्ग अभियन्ता एवं पर्यटन व्यवसायी त्रिपल टी गुरुङले बताए “वैकल्पिक पदमार्गसँगै नयाँ गन्तव्यको प्रवद्र्धन गर्छौं”, गुरुङले भने, “अन्नपूर्ण पदमार्गको पहिलेको साखलाई जीवित राख्दै विश्वभर सकारात्मक प्रभाव पार्दै स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउने लक्ष्य छ ।”बेँसीशहरको पुमाखोलाबाट मस्र्याङ्दी गाउँपालिकाको खुदीसम्म वैकल्पिक पदमार्ग निर्माण भइसकेको छ । उक्त पदमार्गमा पर्यटन बोर्डको सहयोगमा पर्यटकीय पथप्रदर्शक सूचना राख्नुका साथै, सिँडी लगाउने, जोखिमस्थानमा जाली लगाउने, खोलामा काठेपुल राख्नेजस्ता काम गरिएको छ खुदीदेखि बाहुनडाँडा, स्यागे हुँदै मनाङका विभिन्न गाउँलाई जोडेर पदमार्ग निर्माणाधीन अवस्थामा रहेको पनि समितिले जनाएको छ । पदयात्रा छोट्टिएसँगै धरापमा रहेका होटल व्यवसायी पनि वैकल्पिक पदमार्ग सञ्चालनमा आएपछि उत्साहित भएका छन् सदरमुकाम बेँसीशहर भएर वार्षिक २५ हजारको हाराहारीमा पर्यटक अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । पहिले–पहिले बेँसीशहरबाट शुरु भएको अन्नपूर्ण पदयात्रा मनाङ, मुस्ताङको मुक्तिनाथ, जोमसोम, म्याग्दी हुँदै २१ दिनमा पोखरामा टुङ्गिन्थ्यो । पछिल्लो समय दुवैतर्फबाट मोटर सञ्चालन भएपछि २१ दिनको यात्रा एक सातामा टुङ्गिने गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२१,मंगलवार ०४:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदुरलाई खोप लगाउन

चितवन । कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले चितवनमा आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी

काठमाडौं । रुपन्देहीको सैनामैनामा पर्यटन प्रवर्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित आज साइकलयात्रा गरिएको छ । नगरपालिकाको करिब ४५ किलोमिटर

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले पर्यटकीयस्थल पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’ तयार गरेको छ । यसअघिको

ताजा समाचार

काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८
मेलम्ची बाढी अपडेट : ७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३