रवि लामिछानेको स्वास्थ्यमा भएको के हो ?

लोकपथ
532
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको छ ।

चिकित्सकहरुको टोली नख्खु कारागारमा नै पुगेर पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेको स्वास्थ्य परीक्षण गरिएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. जितेन्द्रकुमार यादवको टोलीले लामिछानेको स्वास्थ्य परीक्षण गरेको थियो । लामिछानेको रगतको परीक्षण गर्दा लामिछानेको शरिरमा भिटामिन डिको कमी देखिएको हो ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई पछिल्लो पटक रुपन्देही कारागारमा १२६ दिन राखिएको थियो । सबै दिन नै भित्र थुनेर राखिएको, बाहिरी हावा नपाएको, शरिरले धेरै दिनसम्म घाम नपाएको कारण समस्या सिर्जना भएको डा. यादवको राय रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार डा. यादवले केही कुरामा गम्भीर सावधानी अपनाउन आवस्यक रहेको बताएका छन् । साथै आज पनि डा. यादव लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई शनिबार कारागार स्थानान्तरण गरिएको थियो । लामिछानेकै आग्रह अनुसार ललितपुरको नख्खु कारागारमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?