पूर्वराष्ट्रपति भण्डारीको कार्यक्रममा नजान एमालेको उर्दी, प्रदेश राज्यमन्त्री राई र प्रदेश कमिटी सचिव भण्डारी स्वागतमा

लोकपथ
6.6k
Shares

विराटनगर  । नेकपा एमालेको संस्थापन पक्षले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रममा कार्यकर्तालाई नजान भनेको छ । भण्डारी केही दिनदेखि मोरङमा रहेर कार्यकर्तासँग भेटघाट गरिरहेकी थिइन् ।

आज आयोजना हुने भनिएको कार्यक्रममा भाग नलिन विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले विज्ञप्ति जारी गरेका छन् । 

उनले पार्टीको केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट कुनै कार्यक्रम नभएको भन्दै सामाजिक सञ्जाल र मेसेजमार्फत गरिएको प्रचारप्रति नझुक्किन आग्रह गरेका छन् ।

भण्डारी विराटनगर आउँदा यसअघि एमालेका ठुला नेताहरू स्वागतमा उपस्थित भए पनि यसपटक अनुपस्थित रहे । तर, प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी भने उनको स्वागतमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?