झापामा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

लोकपथ
441
Shares

झापा । झापाको दमक नगरपालिका–१ भानुचोककी ३० वर्षीया शोभा साहको पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार सोमबार दिउँसो घरमा एक्लै रहेका बेला उनले पेट्रोल छर्की आफ्नै शरीरमा आगो लगाएकी थिइन् ।

दमक अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना गरिएका शोभाको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमानसँग मनमुटाव भएपछि साहले आत्मदाहको प्रयास गरेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?