काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेर १ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । सोमबार यसको मूल्य १ लाख ९६ हजार ३०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँ घटेर २ हजार ३०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया