टप एन्ड टी–२० सिरिज : नेपाल आज होबार्ट हरिकेन्ससँग खेल्दै

लोकपथ
1.1k
Shares

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो चौथो खेल खेल्दैछ । 

नेपालले मंगलबार डार्विनस्थित पार्मर्स्टनको काजालिस एरेनामा होबार्ट हरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ११स्१५ बजे सुरु हुनेछ ।

नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गरेका छन् भने होबार्टको कप्तानी बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले सम्हालेका छन् ।

नेपाल अहिलेसम्म खेलेका तीनै खेलमा पराजित भएको छ । पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

होबार्टले तीन खेलमा एक जित निकालेको छ । उसले पहिलो खेलमा एसीटीलाई हराएको थियो भने त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग हार व्यहोरेको हो ।

११ टोली सहभागी सिरिजमा सबैले ६–६ खेल खेलेपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाल हाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ ।

नेपालले यसपछि बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?