उपसभामुख रानामगरविरुद्ध महाअभियोग प्रस्तावको तयारी, कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई बोलायो

लोकपथ
9.4k
Shares

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव, संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बढाउने उद्देश्यले कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई संसदीय दलको कार्यालयमा बोलाएको बताइएको छ । स्रोतका अनुसार छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाइएको हो । 

कांग्रेसले १२ बजेभित्र आफ्ना सांसदहरूलाई दलको कार्यालयमा उपस्थित भइसक्न भनेको छ । 

उता, एमालेले पनि साढे १० बजे आफ्ना सांसदहरूलाई दलको कार्यालयमा उपस्थित हुन भनेको छ ।

उपसभामुख रानामगरले संसद् सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?