ह्वाइट हाउसमा बहुपक्षीय वार्ता, युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे छलफल

लोकपथ
462
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र सात युरोपेली नेताहरूबिच सोमबार ह्वाइट हाउसमा बहुपक्षीय वार्ता भएको छ ।

जेलेन्स्कीसँगको द्विपक्षीय भेटपछि भएको बहुपक्षीय बैठकमा नेटो महासचिव मार्क रुट, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टब, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन सहभागी भएका थिए ।

मिडियासँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका लागि केही सुरक्षा ग्यारेन्टी दिन सहमत भएको दाबी गरे । उनले यस्तो सुरक्षा प्रतिबद्धताले शान्ति प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

जेलेन्स्कीले सुरक्षामा अमेरिकाको स्पष्ट संकेतको महत्व औँल्याउँदै ट्रम्पले सम्भावित त्रिपक्षीय बैठक (अमेरिका–युक्रेन–रूस) मा सहभागी भए युक्रेन खुसी हुने बताए । ट्रम्पले यस्तो बैठक सकेसम्म चाँडो आयोजना गर्नुपर्नेमा जोड दिए ।

वार्तामा सहभागी युरोपेली नेताहरूले युद्ध विरामको अवधारणालाई समर्थन गर्दै युक्रेनको सुरक्षा ग्यारेन्टीमा प्रगति सम्भावना रहेको प्रतिक्रिया दिएका छन् ।

सोमबारको बैठक अमेरिकी राज्य अलास्कामा गत शुक्रबार ट्रम्प र पुटिनबिच भएको करिब तीन घण्टे भेटपछि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?