‘नाडा अटो शो २०२५’ आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

लोकपथ
210
Shares

काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को ‘नाडा अटो शो २०२५ ‘आजदेखि सुरु हुँदैछ ।

आजदेखि भृकुटीमण्डपमा सुरु हुने यो शोको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । शो भदौ ८ गतेसम्म निरन्तर चल्नेछ।

यसपटकको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डहरूले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् । नयाँ प्रविधि तथा बजारमैत्री उत्पादनका साथ इलेक्ट्रिक सवारी साधन, हाइब्रिड मोडल, स्मार्ट मोबिलिटी समाधान र अत्याधुनिक ग्याजेटहरू प्रदर्शनीमा समावेश हुनेछन्।

साथै यस शोमा विशेष आकर्षणको रूपमा स्वचालन र बृद्धिमत्ताको नयाँ युगको प्रतीकरुवरुप उन्नत चारंपग्रे रोबोट UNITREE र भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो हवाई ट्याक्सीको उडान तथा अवतरणको झलक Deepal eVTOL UAV सार्वजनिक गरिने छ । 

अटो शोको अर्को विशेष आकर्षणका रूपमा विन्टेज मोटर शो पनि प्रस्तुत गरिँदैछ, जसमा पुराना तर ऐतिहासिक मूल्य राख्ने सवारी साधनहरूको प्रदर्शनी गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?