काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।
रास्वपाका कार्यवाहक सभापति समेत रहेका उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले सो कुरा जानकारी दिएका हुन् ।
पूर्वमन्त्री समेत रहेका अर्यालले लामिछानेलाई भेटेका थिए ।
भेटपछि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको र डाक्टरहरुसँग छलफल गरेर उपचारको प्रबन्ध मिलाउने तयारी गरिएको उनले जानकारी दिए ।
‘उहाँ (रवि लामिछाने) को स्वास्थ्यमा केही समस्या हो कि भन्ने देखिएको छ । म तुरुन्तै डाक्टरहरुसँग संवाद गर्दैछु र संवाद गरिसकेपछि आज नै डाक्टरसँग चेकअप गराउने तयारी गर्दैछु । उहाँको ब्लड टेस्ट गर्नुपर्ने जस्तो देखिएको छ,’ उनले भने ।
त्यस्तै डाक्टरहरुलाई अस्पतालमा नै बोलाएर चेकअपको प्रबन्ध मिलाउने बताइएको छ । अस्पतालसम्म लैजाँदा शान्ति सुरक्षामा खलल पुग्ने भन्दै कारागारमा नै डाक्टर ल्याएर उपचारको तयारी गरिएको अर्यालले बताए ।
त्यसो त रुपन्देही कारागारमा रहेका लामिछानेलाई शनिबार मात्रै नख्खु कारागारमा ल्याइएको थियो । रुपन्देही कारागारमा आफूलाई बस्न असहज भएको भन्दै लामिछानेले जेल सार्नका लागि निवेदन दिएका थिए । सोही अनुसार उनलाई शनिबार ललितपुरको नख्खु कारागारमा राखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया