काठमाडौं । विभिन्न १६ विद्यार्थी संगठनले विद्यालय शिक्षा विधेयकबारे चासो देखाएका छन् ।
आज विभिन्न मागसहित प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाएका हुन् ।
संयुक्त विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि विद्यालय शिक्षा ऐन जारी नगर्नुले सरकार विद्यार्थीका मुद्दाप्रति उदाशिन रहेको प्रष्ट पार्ने भन्दै असन्तुष्टि जनाएका छन् ।
‘सरकारले पटकपटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुननसक्नु सरकारद्वारा विद्यार्थीका मुद्दा र विद्येयकप्रति देखाइएको उपेक्षा हो । तसर्थ, अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै विद्यार्थी संगठनले शिक्षक नियुक्ति प्रक्रिया संविधानले संविधानले अंगिकार गरेको अनुसार हुनुपर्ने उनीहरुको माग रहेको छ ।
‘शिक्षा ऐन, २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरुको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय िशक्षाको मानक भएकाले विद्यालयका शिक्षक नियुक्ति प्रक्रिया संविधानले अंगीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिष्पर्धामार्फत् मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्न संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
साथै आफूहरुले उठाएका मागहरु पूरा नभएमा अन्य कदम चाल्ने समेत चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया