६ जना मृत अवस्थामा फेला

लोकपथ
1.1k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ सेमरास्थित कुलोमा सोही नगरपालिका–७ दक्षिणटोला बस्ने ४२ वर्षीय किरण थारू आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका–१२ स्थित नारायणी नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी १० वर्षीय बालक आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–२ चौरीडाँडा बस्ने लाल बहादुर घिसिङको छोरा १२ वर्षीय मिलन घिसिङ सोही ठाउँस्थित गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

पाल्पा, रिब्दीकोट गाउँपालिका–२ लघुवास्थित गुल्मेली थापा होटेलमा काम गरी बस्ने इलाम घर बताउने ६५ वर्षीय भीम बहादुर गुरूङ सोही होटलमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै ओखलढुंगा, मोलुङ गाउँपालिका–४ स्थित घट्टेखोलामा सुनकोशी गाउँपालिका–१० कटुञ्जे स्थित ससुराली घरमा बस्ने रोल्पा घर भएका ६२ वर्षीय चुकेन्द्र बुढा मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा सोही ठाउँस्थित धानखेतमा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

छुट्टाछुट्टै घटनाको सन्दर्भमा सम्बन्धित प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?