काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल तेस्रो खेलमा पनि जित हासिल गर्न असफल भएको छ । डार्बिनमा सोमबार मेलबर्न स्टार्ससँग भएको खेलमा नेपाल ३१ रनले पराजित भएको हो ।
टस जितेर ब्याटिङमा उत्रिएको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । ब्लाक म्याकडोनाल्डले ७४ तथा थोमस रोजर्सले ६५ रनको योगदान दिए । नेपालका सन्दीप लामिछानेले ३, सोमपाल कामीले २ र शहबाज आलमले १ विकेट लिए ।
जवाफमा १७६ रनको लक्ष्य पछ्याउँदा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । ओपनर आशिफ शेखले ५३ रनसहित अर्धशतक प्रहार गरे भने कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे । अन्य खेलाडी भने उल्लेखनीय योगदान दिन असफल भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया