अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?

लोकपथ
385
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०८ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६  पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ  ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १२ पैसा रहेको छ ।  

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?