प्रशिक्षकको श्रेष्ठको दाबी– ‘साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौँ’

लोकपथ
350
Shares

काठमाडौं । नेपाली यु–१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले श्रीलंकामा हुने साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

साफ महिला यु–१७ च्याम्पियनसिप आगामी अगस्ट २० देखि ३१ तारिखसम्म भुटानमा आयोजना हुँदै छ । चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने नेपाली युवा महिला टोलीको लक्ष्य छ । आइतबार भएको बिदाइ कार्यक्रममा नेपाली यु–१७ महिला टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले लामो समयदेखि प्रभावकारी तयारी गरिरहेको र खेलाडीले पनि धेरै मिहिनत गरेकाले उपाधि जित्न विश्वास व्यक्त गरेका छन् । खेलाडीको कमजोर पक्षहरू केलाउँदै त्यसमा काम गरेको उल्लेख गर्दै उनले हेटौडामा लामो क्याम्पमा राखेर तयारी गरेको र खेलाडीले पनि मिहनत गरेकाले यसपल्ट सुखद नतिजा आउने विश्वास व्यक्त गरेका हुन् ।

च्याम्पियनसिप आर्टिफिसियल टर्पmमा हुने भएकाले नेपाली टोलीले पनि टर्पmमा नै आफ्नो तयारी गरेको प्रशिक्षक श्रेष्ठले उल्लेख गरेका छन् । यस च्याम्पियनसिपका प्रतिष्पर्धी राष्ट्र भुटान, भारत र बंगलादेश धेरै राम्रो रहेको उनले उल्लेख गरे । साथै आफूहरू पनि उनीहरूलाई पराजित गर्ने उद्देश्यसहित खेल्ने प्रशिक्षक श्रेष्ठको विश्वास छ । उनले डिफेन्समा देखिएको कमजोर पक्ष सुधार भएको अपेक्षा गरेका छन् । अन्य केही कमजोर पक्षहरू पनि सुधार गरेकाले च्याम्पियन बन्छौं भन्ने विश्वास रहेको उनी बताउँछन् । साथै उनले अग्रता लिँदा र गोलले पछाडि पर्दा कसरी खेल्ने भन्ने बारे पनि तयारी गरेको उल्लेख गरेका छन् ।

नेपाली टोलीकी कप्तान भूमिका बुढाथोकीले टिम धेरै राम्रो रहेको र प्रशिक्षकहरूले सिकाएको कुरामा खेलाडीले पनि धेरै मिहनत गरेकाले सुखद नतिजा आउने विश्वास व्यक्त गरिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आईतवार एक कार्यक्रम आयोजना गर्दै भूटान जाने नेपाली टोलीको बिदाइ गरेको थियो । टोली सोमबार भुटान जाँदै छ । यस च्याम्पियनसिपमा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी छन् । सबैले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालले भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिष्पर्धा गर्नेछ । एन्फाले यसअघि नै २३ सदस्यीय टोलीका सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?