५० हजार पारिश्रमिककै लागि युवा विदेश जान नपरोस् : अध्यक्ष लिङदेन 

लोकपथ
245
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ५० हजार रुपैयाँ पारिश्रमिकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गनुपर्ने उनको भनाइ छ । उनले नेपाललाई संसारकै राम्रो देश बनाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको पनि बताए ।

पार्टीको यो अभियान महिलाहरु सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव नहुने उनले बताए । यसका लागी महिलाहरु आत्मनिर्भर र व्यावसायिक बन्नुपर्नेमा उनले जोड दिए । उनले राजनीति गर्ने हरेक मान्छेले सानो भए पनि पेसा व्यवसाय गर्नुपर्ने बताए । 

उनले आफ्नो अवस्थामा हिनतावोध गर्न नहुनेमा पनि जोड दिए । जिल्ला विकास समितिको सभापति भइसकेपछि पनि आफूले माईक्रोबस चलाएको स्मरण गर्दै उनले काम गर्न लाज मान्न नहुने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?