काठमाडौंमा भारतीय विदेशसचिवको दौडधुप, प्रचण्डपछि भेटे देउवा

लोकपथ
1.6k
Shares

काठमाडौं । मित्र राष्ट्र भारतका विदेशसचिव विक्रम मिश्रीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

आइतबार बिहान काठमाडौं उत्रिएका मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरे । त्यसलगत्तै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका हुन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका मिस्रीले प्रचण्ड निवास खुमलटारमा पुगेर भेटघाट गरेका हुन् ।

त्यस्तै त्यसलगत्तै उनले कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्री समेत रहेका देउवालाई बूढानिलकण्ठमा पुगेर भेटेका हुन् ।

दुवै नेताहरुसँगको भेटघाटका क्रममा द्वीपक्षीय हितका विषयमा कुरा भएको सचिवालयले जनाएको छ ।

मिश्री दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।

विदेशसचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?