गुन्डा नाइके राजु गोर्खाली पक्राउ 

लोकपथ
1.8k
Shares

काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली काठमाडौंबाट  पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो ।

उनलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको जनाइएको छ । उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए ।

गोर्खाली यसअघि पनि पटक पटक पक्राउ परिसकेका छन् । 

गोर्खालीलाई यसअघि ६ वर्षअघि काठमाडौं मलका व्यापारीलाई धम्काएर जबरजस्ती रकम असुली गरेको आरोपमा पक्राउ गरिएको थियो । त्यसबेला काठमाडौं उपत्यका अपराध महाशाखाको प्रमुखमा छविलाल जोशी थिए । जोशी अहिले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । 

त्यसबेला व्यापारीले आफूहरूलाई धम्काएर रकम मागेको उजुरी गरेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको थियो । 

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल त्यसबेला गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई महँगो भाडामा दिने गरेको थियो ।

सञ्चयकोषको स्वामित्वमा रहेको काठमाडौं मल बाहुबली प्रयोग गरेर ठेक्कामा लिएका गोर्खाली उक्त भवनमा पसलहरू भाडामा लगाउने र भाडा उठाउने काम गर्दै आएका थिए । त्यसबेला सुन्धारादेखि चाबहिलसम्म आफ्नो गुण्डागर्दीको धन्दा फैलाएका गोर्खालीविरुद्ध सार्वजनिक अपराधमा म्याद लिएर अनुसन्धान गरिएको थियो । 

विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का कांग्रेस नेतासमेत हुन् ।

गोर्खाली गायक पनि हुन् । ‘देखे देखे जस्तो लाग्छ…’ गीतको गायक पनि हुन् उनी । यो गीत ५० को दशकमा रेकर्ड गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?