काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० रुपैयाँ घटेको हो ।
जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया