युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

लोकपथ
140
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० नेपालीलाई कैद माफी दिएको छ ।

नेपाली राजदूतावास अबुधाबीका अनुसार उनीहरूलाई बाँकी कैद सजाय माफी गरी रिहा गर्ने निर्णय गरिएको हो ।

दूतावासले जनाएअनुसार इस्लाम धर्मावलम्बीहरूको महान् पर्व अल अहाद (ईद अल–अधा) को अवसर पारेर युएई सरकारले यो निर्णय गरेको हो ।

राजदूतावासले माफी पाएका नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी चाँडै स्वदेश फिर्ता पठाउने तयारी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?