कुवेतमा विषाक्त मदिरा सेवन प्रकरण : मृत्यु भएका २३ मध्ये १६ जना नेपाली, दुई नेपाली पक्राउ

लोकपथ
9.6k
Shares

काठमाडौं । कुवेतमा विषाक्त मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा त्यहाँको प्रहरीले दुई नेपालीसहित ६७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई शनिबार राति पक्राउ गरिएको कुवेतको गृह मन्त्रालयले जनाएको छ ।

पक्राउ पर्ने नेपालीमा भुवनलाल तामाङ र नारायणप्रसाद बस्याल रहेका छन् । यस्तै, भारतीय र बंगलादेशी नागरिक पनि पक्राउ परेका छन् । 

कुवेतमा विषाक्त मदिरा सेवनबाट हालसम्म २३ जनाको मृत्यु भएकोमा नेपाली मात्रै १६ जना रहेका छन् । यस्तै, १ सय ६० जना बढी बिरामी भएका छन् । जसमध्ये नेपालीको संख्या मात्रै ३६ जना रहेको छ । उनीहरूको त्यहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

कुवेतमा मदिरा सेवन प्रतिबन्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?