जंगली जनावरलाई लगाइएको विद्युतीय पासोमा दम्पतीको मृत्यु

लोकपथ
581
Shares

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराका एक दम्पतीको करेन्ट लागेर मृत्यु भएको छ ।

सो ठाउँका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया श्रीमती विमलादेवी सरदारको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधवप्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जनावरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?