सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु

लोकपथ
147
Shares

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपरामा शनिबार बिहान करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया श्रीमती विमला देवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शनिबार बिहान करिब ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा उनीहरू जंगली जनावरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको करेन्टयुक्त बारमा फसेका थिए । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?