काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका तुइनखोलास्थित नारायणगढ-मुग्लिन सडकखण्ड सुक्खा पहिरोका कारण केही घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको हो ।
आज बिहान (आइतबार)अचानक माथिबाट चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । तत्कालै डोजर र दुईवटा ‘जेसिभी’ प्रयोग गरी सडक सफा गरेपछि आवागमन सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडक सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया