रविलाई नख्खु कारागार पुर्‍याइयो

लोकपथ
371
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज ललितपुरस्थित नख्खु कारागार पुर्‍याइएको छ । कारागार व्यवस्थापन विभागको निर्णयअनुसार उनलाई रुपन्देही कारागारबाट सिधै नख्खु कारागारमा स्थानान्तरण गरिएको हो ।

बुद्ध एयरको विमानमार्फत लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कारागार पुर्‍याइएको थियो । उनका स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू उपस्थित थिए । समर्थकहरूले लामिछानेलाई प्रतिशोधको सामना गर्नुपर्ने स्थिति भएको भन्दै नाराबाजी गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा राखिएका थिए । उनले गत जेठ १४ गते नख्खु कारागारमा सरुवा गर्नको लागि निवेदन दिएका थिए भने अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?