टप एण्ड टी–२० सिरिज : बंगलादेश ‘ए’ ले नेपाललाई दियो १८४ रनको लक्ष्य

लोकपथ
273
Shares

काठमाडौं । टप एण्ड टी–२० सिरिजअन्तर्गत नेपाल र बंगलादेश ‘ए’ बीचको खेलमा बंगलादेश ‘ए’ ले नेपालसामु १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको हो ।

टोलीका ओपनर जिशाद आलमले सर्वाधिक ७१ रनको महत्वपूर्ण योगदान दिएका थिए भने अफिफ हुसैन ४८ रनमा अविजित रहे ।

नेपालका बलिङ टोलीका लागि रिजन ढकालले २ विकेट लिए। त्यसैगरी, करण केसी, सन्दीप लामिछाने र नन्दन यादवले समान एक–एक विकेट लिए । नेपाललाई जितका लागि २० ओभरमा १८४ रनको लक्ष्य प्राप्त गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?